मोरङको कटहरी गाउँपालिकामा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्दार, राहतका लागि आर्थिक सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिकहरूको उद्दार, राहत र पुनस्र्थापनाका लागि जीवन विकासले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । कोशी, मधेस र बागमती प्रदेशका ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गरेको हो ।
जीवन विकासमा कार्यरत कर्मचारीहरूले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख ५ हजार रुपैयाँ कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । उनले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित र प्रभावित हुनु भएकाहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’
प्रकाशित: १८ भाद्र २०८३ १५:३३ बिहीबार



