समाज

अझै एक हप्ता गर्मी नै रहने

कृष्ण किसी

काठमाडौंलगायत देशभर भइरहेको गर्मी अझै एकहप्तासम्म रहिरहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा कमजोर भइरहेकोले अझै एकहप्तासम्म पनि यही अनुरुप गर्मी चलिरहने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौशम पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार मंगलबार देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा र बागमती, गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल तथा लुम्बिनी, र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले असार १० गते बुधबार पनि देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ ।

‘वर्षा कमजोर भइरहेकोले अवको एक हप्ता काठमाडौंमा गर्मी र तराईमा तातो लहर चल्ने अनुमान छ, उनले नागरिकसँग भने, ‘हामी वढीमा तीन दिनसम्मको मात्रै अनुमान गर्छौ तथापि अहिलेको अवस्था हेर्दा अवको हप्तादिनसम्म पनि काठमाडौंमा गर्मी र तराईमा तातो लहर चल्ने अनुमान हो ।’ राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा र बागमती, गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहने अनुमान उनले गरे । उनका अनुसार कोशी प्रदेश र गणडकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

नेपालमा यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने प्रारम्भिक प्रक्षेपण पनि छ । विभागका अनुसार मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने तथा तापक्रम सामान्यभन्दा बढी रहने सम्भावना देखिएको छ । मौसमविद्हरूका अनुसार यस वर्ष दक्षिण एसियामा मनसुनको गति केही कमजोर देखिएको छ । भारतको केरलामा मनसुन औसत समयभन्दा केही ढिलो प्रवेश गरेकाले यसको प्रभाव नेपालमा पनि परेको बताइएको छ । नेपालमा मनसुन प्रवेशको औसत मिति जुन १३ (जेठ ३०) भए पनि यस वर्ष ६ दिन ढिलो जुन १९ (असार ५ गते शुक्रबार) बाट मात्रै मनसुन भित्रिएको थियो ।

प्रकाशित: ८ असार २०८३ १९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App