जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा आज अपराह्न १ः०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनःझडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो।
प्रकाशित: ९ फाल्गुन २०८२ १४:२२ शनिबार



