अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उनको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो।
सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव १२ दिनदेखि अनशनमा छन्।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गरी निजको जीवनरक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेका छन्।
प्रकाशित: २६ श्रावण २०८३ १६:२७ मंगलबार
-600x400.jpg)
-600x400.jpg)

