समाज

सुनसरीमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सुनसरीमा मंगलबार पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ।

पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो। विभागले पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ।

आज देशका प्रायः स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद् डेविट ढकालले आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जानकारी दिए।

आज देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेश र कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

ढकालले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताए।

आज राति पनि देशका पहाडी भू–भागका केही स्थान तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको बताइन्छ। 

विभागले भारी वर्षा हुनसक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १२ श्रावण २०८३ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App