समाज

प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ साउन १२ र १३ गते

प्रस्तावित प्रमुख निर्वाचन प्रमुख आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ  यही साउन १२ र १३ गते हुने भएको छ।

संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

समितिको आजको बैठकले साउन १२ गते आयुक्तद्वय र साउन १३ गते प्रमुख आयुक्तको संसदीय सुनुवाइ गर्ने कार्यसूची स्वीकृत गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

त्यस बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तद्वयले आफ्नो योग्यता, अवधारणा, सोच र अनुभव प्रस्तुत गर्नेछन्।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीका विषयमा एउटा उजुरी परे तापनि प्रस्तावित आयुक्तद्वयका सम्बन्धमा कुनै सिकायत प्राप्त नभएको समितिले जनाएको छ।

समितिले गत असार २५ गते उनीहरुका सम्बन्धमा सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो। समितिको कार्यविधिअनुसार आजको बैठकमा प्राप्त उजुरी खोलेर अध्ययनका लागि वितरण गरियो।

प्रकाशित: ५ श्रावण २०८३ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App