समाज

हर्क भन्छन् : म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू देशलाई दिन मात्रै जानेको लिन केही नजानेको व्यक्ति भएको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो निष्ठा र देशभक्तिलाई युवाहरूले बुझ्नु पर्ने बताएका छन्। उनले यो देश विदेशी हस्तक्षेपबिनै बनाउने भए आफ्नो विकल्प कोही पनि नभएको जिकिर गरे। 

उनले लेेखेका छन्, 'म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ! मेरो निष्ठा र देशभक्तिलाई युवाले बुझ्नु पर्छ जस्तो लाग्छ! यो देश हाम्रो आफ्नै दममा विदेशी हस्तक्षेप बिनै बनाउने भए मेरो विकल्प छैन! घमण्डी भने भन्नु तर म जत्तिको हक्की नेतृत्व देशलाई चाहिन्छ!'

हर्क आफूलाई भावी प्रधानमन्त्रीको रूपमा जेनजीले अघि सारेको बताउँदै धरानबाट हिजो काठमाठौं आएा छन्।

प्रकाशित: २६ भाद्र २०८२ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App