समाज

बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिने बताएका हुन्। उनले यसरी लुकेर बस्नेलाई लिडर नभनिने बताए। 

'लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ! लिडर भनिँदैन!' हर्कले लेखेका छन्।

जेन-जी आन्दोलनपछिको सरकार गठनको प्रक्रियामा बालेन नदेखिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित: ३१ भाद्र २०८२ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App