समाज

दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ।

बिहानैदेखि यहाँ हजारौँ हिन्दू धर्मावलम्बीहरू पूजाआराधना, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्नानमा सहभागी भएका थिए।

त्यस अवसरमा जानकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गरे।

शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ। यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभायात्रा निकालिएको थियो।

शोभायात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो। आजै दिउँसो १२ः०० बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गरिएको थियो।

आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सहमहन्त वैष्णवले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०८३ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App