महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा अपांगता भएका व्यक्तिहरू जोखिममा परेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा बाढी प्रभावित क्षेत्रमा अपांगता भएका कुनै व्यक्ति जोखिममा परेको भए उद्धार, सुरक्षित स्थानान्तरण वा आवश्यक सहयोगका लागि तत्काल सम्पर्क गर्न अनुरोध गरिएको हो।
मन्त्रालयले विपद्को समयमा अपांगता भएका व्यक्तिहरूको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राख्दै सम्पर्क नम्बर १८६००१९६७७ मा उनीहरूको अवस्थाबारे सूचना उपलब्ध गराउन आग्रह गरेको हो।
मन्त्रालयले नागरिकले उपलब्ध गराउने सूचना र सहयोगले जोखिममा रहेका व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८३ ०८:५८ आइतबार



