समाज

निजी क्षेत्रसँग सहकार्य गर्न सरकारले मल कारखाना खोल्ने

सरकारले निजी क्षेत्रसँगको सहकार्य गर्न रासायिनक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।  

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दलका घोषणापत्रमा आधारित रहेर राष्ट्रिय प्रतिबद्धतापत्र मस्यौदा सार्वजनिक गर्दै सरकारले कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी भारतसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपज उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधारका काम गर्ने उल्लेख गरेको छ ।  

कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिई कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहन उपाय अवलम्बन गरिने उल्लेख गरिएको छ ।

कृषि नै प्रमुख पेसा र कर्म हो भन्ने मनोविज्ञान विकास गरी यसलाई सम्मानजनक र सुरक्षित बनाउन किसान क्रेडिट कार्ड, बीमा र सहुलियत ऋण उपलब्ध गराउने प्रतिवद्धता घोषणामा गरिएको छ ।  

 

प्रकाशित: १ वैशाख २०८३ १६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App