मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २० हजार ४९५ सहित चार जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३३ वर्षीय सुनिल थापा र आशिष पाण्डे, ललितपुर इमाडोलका २१ वर्षीय राशि गौतम र काठमाडौंको नक्साल निवासी २१ वर्षीय युनिक पोखरेललाई पक्राउ गरिएको हो।
प्रहरीवृत्त थिमिबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो।
प्रकाशित: २० फाल्गुन २०८२ २२:०२ बुधबार



