रौतहटको सरकारी कार्यालयमा सेटिङ मिलाएर काम गराउने चारजना बिचौलियालाई प्रहरीले पक्राउ परेको छ ।
जिल्ला सदरमुकाम गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट ४ जना बिचौलियालाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले नियन्त्रणमा लिएको हो ।
नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग तथा प्रशासन शाखाले जिल्लाका हरेक सरकारी अडामा बिचौलियालाई प्रवेश निषेध गर्न तथा अनधिकृत व्यक्तिहरुलाई सरकारी अभिलेख कागजातमा पहुच हुन नदिन पत्राचार गरेपछि शुक्रबार कार्यालयमा सेवाग्राही सँग रकम लिएर काम गराउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएका छन ।
गौरको मालपोत कार्यालयबाट राम नरेश कुमार, संजय कुमार, सिकित नारायण र बबलु प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदिप बस्यालले बताए । नियन्त्रणमा रहेका चारै जनासँग सोधपुछ र अनुसन्धान भइरहेको डिएसपी बस्यालले बताए ।
नापी, मालपोत र भूमी सुधार कार्यालयमा काम गराउन आउने सेवाग्राहीसँग रकम लिएर ठगी गर्ने तथा अनावश्यक रुपमा सेवाग्राहीलाई दुखदिने गरेको गुनासो बढे पछि सरकारी अडामा बिचौलिया प्रवेश निषेध गरेको प्रशासनले जनाएको छ ।
प्रकाशित: २० चैत्र २०८२ २०:५३ शुक्रबार



