समाज

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई नियन्त्रणमा लिइएको हो। यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको भन्ने विवरण भने सार्वजनिक भइसकेको छैन।

यस प्रकरणले वैदेशिक रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानलाई थप उच्च तहसम्म पुर्‍याएको संकेत गरेको छ।

यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

पूर्व मुख्यसचिव अर्यालको पक्राउसँगै यो प्रकरणमा प्रशासनिक तथा राजनीतिक तहको संलग्नताबारे अनुसन्धानले थप नयाँ मोड लिन सक्ने देखिएको छ।

प्रकाशित: १० मंसिर २०८३ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App