समाज

दाउन्नेमा पाँच सवारी ठोक्किए : आठ घाइतेको पहिचान खुल्यो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। विनयी त्रिवेणी–२ घिउखोला नजिक गए राति कन्टेनरले एकतर्फी सडकमा गलत तरिकाले उछिन्न खोज्दा यो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए, ‘कन्टेनरले ओभरटेक गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका हुन्।’

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अमर कार्की र पछाडि सवार २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्। यस्तै बसमा सवार अन्य छ जना यात्री पनि घाइते भएका छन्। घाइते हुनेहरूमा बस चालक शङ्कर विष्ट, विनोदकुमार अछामी, उदीराम विष्ट, नाम्नुहाङ राई, दर्शन पोख्रेल, चन्द्रसिंह थापा र यज्ञप्रसाद भुसाल रहेका छन्।

घाइते सबैको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना गराउने कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। रासस

प्रकाशित: २७ फाल्गुन २०८२ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App