समाज

विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति

विद्युत् सर्ट भएर मकवानपुरको बकैया गाउँपालिका–९ कुडुलेमा गए राति आगलागी हुँदा करिब रु पाँच लाख मूल्यबराबरको क्षति भएको छ।

स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।  

आगलागीबाट मानवीय क्षति नभएको र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २९ मंसिर २०८२ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App