समाज

निर्वाचन सुरक्षार्थ खटिएका १ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार शुभकामनासहित बिदाइ गरिएको छ।

सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका उनीहरूलाई देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरिएको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो।

‘निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२’ अनुसार उनीहरूलाई गत माघ १८ गते नियुक्ति पत्र दिइएको थियो।

छोटो अवधिको तालिमलगत्तै नेपाल प्रहरीसँगै मतदान केन्द्रहरूमा परिचालित भई निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २८ फाल्गुन २०८२ १९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App