समाज

८५ हजार घुससहित इन्जिनियर पक्राउ

सांकेतिक तस्बिर

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा इन्जिनियरसहित दुई कर्मचारी पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट गएको टोलीले घुस लेनदेखमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  

सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव इन्जिनियर रवन श्रेष्ठलाई पक्राउ गरिएको हो ।  

उनीहरुले भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ खावास्थित विद्यालयको भवन निर्माणको काममा अन्तिम बिल भुक्तानी गर्नेक्रममा विभिन्न बहाना बनाइ सेवाग्राहीलाई दु:ख दिने र घुस मागेको उजुरीका आधारमा गएको टोलीले ८५ हजार घुसहित उनीहरूलाई पक्राउ गरिएको हो ।  

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । 

प्रकाशित: २३ चैत्र २०८२ १९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App