समाज

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका संचालक शर्मा पक्राउ

शिव शिखर बहूद्देश्यीय सहकारीका संचालक केदारनाथ शर्मा पक्राउ परेका छन्। जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। 

भक्तपुरमा रहेको शिव शिखर सहकारीको बचत रकम हिनामिना(सहकारी ठगी) प्रकरणमा शर्मालाई भक्तपुर जिल्ला अदालतसमेतको आदेशले पुर्पक्षका लागि थुनाको आदेश दिएको थियो। जसअनुसार उनी नख्खु काराकारमा थुनामा थिए। 

भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किँदा उनीसँगै शर्मा पनि निस्केर फरार थिए। 

प्रकाशित: ८ आश्विन २०८२ १६:२४ बुधबार