समाज

भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

भारत प्रवेश गरेको चक्रवात ‘अकवान’को प्रभाव नेपालमा न्यून पर्ने देखिएको छ। यसको प्रभावले नेपालको पूर्वी तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहे पनि उल्लेख्य वर्षाको संकेत नरहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अकवान’को प्रभावले नेपालमा मुख्यतः बादल लाग्नेछ। पूर्वी तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना छैन।

उनका अनुसार आगामी १५ दिनको मौसम पूर्वानुमानमा नेपाललाई प्रभावित पार्ने कुनै ठूलो मौसमी प्रणाली विकास हुने संकेत देखिएको छैन।

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा भने कमजोर रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित: ४ मंसिर २०८३ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App