समाज

इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

नगरपालिकाबाट सञ्चालित सडक निर्माण योजनाको अन्तिम बिल भुक्तानी गरिदिने क्रममा उनले सेवाग्राहीसँग घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिएका छन्।

आयोगका अनुसार चौधरीले सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा एक लाख रुपैयाँ गरी कुल एक लाख ५० हजार रुपैयाँ लिएको पाइएको छ।

उक्त रकमलाई भ्रष्टाचारजन्य कसुर ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कारबाहीको माग गरेको छ।

चौधरीबाट एक लाख ५० हजार रुपैयाँ बिगो असुल गर्नका साथै कानुनअनुसार कैद सजायसमेत हुनुपर्ने मागदाबी आयोगले विशेष अदालतसमक्ष गरेको छ।

प्रकाशित: ११ मंसिर २०८३ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App