समाज

नागरिककर्मी अर्जुन ओली सम्मानित

नागरिक दैनिकका नेपालगन्जस्थित संवाददाता अर्जुन ओली पर्यटन पत्रकारितामा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मानित भएका छन्। होटल व्यवसायी संघ बाँकेले शनिबार आयोजित एक विशेष समारोहमा उनलाई सम्मान गरेको हो।

संघको २० औं साधारण सभा तथा ११ औ जिल्ला अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट तथा संघका अध्यक्ष रंगबहादुर खड्काले पत्रकार ओलीलाई नगद राशिसहित कदरपत्र हस्तान्तरण गरे।

सम्मानपत्रमा पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वारको रूपमा रहेको नेपालगन्जमा रहेर ओलीले होटल तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा कलममार्फत पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ।

सोही समारोहमा अर्थपेज अनलाइनका पत्रकार कमल डाँगीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले पर्यटन प्रवर्द्धनमा होटल व्यवसायको भूमिका महत्त्वपूर्ण रहेको बताए। कार्यक्रममा उपस्थित व्यवसायीहरूले भने प्रहरी प्रशासनबाट विभिन्न बहानामा अनावश्यक दुःख झेल्नुपरेको गुनासो गरेका थिए।

प्रकाशित: २१ भाद्र २०८२ १९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App