समाज

प्रधान सेनापति सिग्देलद्वारा बाढी प्रभावित क्षेत्रमा निरीक्षण

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले बाढीबाट प्रभावित त्रिशूली क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रधान सेनापति सिग्देलले बाढी प्रभावित क्षेत्रमा  भइरहेको खोज तथा उद्धार कार्यको निरीक्षण गरेका हुन्।

उनले खोज तथा उद्धार कार्य भइरहेका टनेललगायत विभिन्न प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। निरीक्षणका क्रममा प्रधान सेनापति सिग्देलले उद्धार कार्यको प्रगति, सुरक्षा अवस्था तथा उद्धारमा देखिएका चुनौतीबारे जानकारी लिएका थिए। 

उनले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य सुदृढ बनाउन निर्देशन दिएका छन्। 

साथै, प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिन र उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्न पनि निर्देशन दिएका छन्। 

प्रकाशित: १८ भाद्र २०८३ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App