समाज

प्रभु बैंकको कर्जा प्रकरणमा मुख्य बिजनेस अफिसर पन्त पक्राउ, सीआईबीको अनुसन्धान तीव्र

प्रभु बैंकको कर्जा प्रवाहसम्बन्धी अनियमितता प्रकरणमा बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आशंकाका आधारमा पन्तमाथि अनुसन्धान अघि बढाइएको छ। 

यसअघि सोही प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल पनि अनुसन्धानका लागि सीआईबीको हिरासतमा रहेका छन्।

अनुसन्धानका क्रममा प्रभु बैंकले उक्त कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यस प्रक्रियामा भएका निर्णय तथा कागजातमाथि छानबिन भइरहेको जनाइएको छ। नेपाल राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षणपछि देखिएका तथ्यका आधारमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८३ १९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App