गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढीले दोभानको बेलीब्रिज बगाएको छ।
आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित आएको बाढीका कारण यस क्षेत्रमा ठूलो क्षति भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुले जानकारी दिइन्। यो बाढी बिहान ७ः३० बजे सोती बजार आइपुगेको छ।
बाढीले सोती बजारमा रहेको पुल र केही टहराहरू समेत बगाएको छ।
दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरहरू समेत बाढीले बगाएको बताइएको छ।
प्रकाशित: २५ आश्विन २०८३ ०८:२४ आइतबार



