समाज

बैंकिङ कसुरका उजुरी सबैभन्दा धेरै

पछिल्लो समय प्रहरीकोमा दर्ता हुने उजुरीमा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दाहरू पर्ने गरेको छ।  

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ महिनामा मात्रै बैंकिङ कसुरमा सबैभन्दा धेरै १ हजार १७ मुद्दा दर्ता भएका छन्। यो कुल मुद्दा दर्ताको २२ दशमलव २९ प्रतिशत हो।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध ५६३ अर्थात १२ दशमलव ३४ प्रतिशत मुद्दा दर्ता भएका छन्।

आत्महत्याका ४ सय ९४, लागुऔषधका ४ सय ३६, भवितव्य ज्यानका ३ सय ८०, चोरीका ३ सय ६४ वटा मुद्दा दर्ता भएका छन्।

देशभर ४ हजार ५ सय ६१ मुद्दा दर्ता भएकामा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ हजार ३ सय ३७ वटा मुद्दा दर्ता भएका तथ्याङ्कले देखाएको छ।

कोशी प्रदेशमा ७ सय ७५, मधेस प्रदेशमा ७ सय ४, लुम्बिनीमा ५ सय ७३, बागमतीमा ३ सय ८८, गण्डकीमा ३ सय ६७, सुदूरपश्चिममा २ सय ५८ र कर्णालीमा सबैभन्दा कम १ सय ५९ वटा मुद्दा दर्ता भएका छन्।

प्रकाशित: १४ फाल्गुन २०८२ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App