समाज

धार्मिक क्षेत्रको तीन सय मिटरसम्म मासु र मदिरा बेच्न रोक

बुढानीलकण्ठ नगरभित्र धार्मिक क्षेत्रको तीन सय मिटर क्षेत्रमा मदिरा तथा मासुजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।  

नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक क्षेत्रको तीन सयमिटर क्षेत्रमा मासु तथा मदिरा बिक्री केन्द्र भए हटाउन निर्देशन दिएको छ ।  

सात दिनभित्र अटेर गरी बिक्री केन्द्र नहटाए कारबाही गरिने चेतावनी नगरपालिकाले दिएको छ ।  

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जारी गरेको सूचनामा भनिएको छ, ‘धार्मिकस्थल तथा मठमन्दिरमा मदिरा ऐन २०३१ तथा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन २०६८ तथा प्रचलित रीति संस्कृतिसमेतलाई ध्यानमा राखी धार्मिक स्थलबाट कम्तीमा तीन सय मिटर क्षेत्रमा मदिरा तथा मासुजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको छ।’

No description available.

 

प्रकाशित: ७ जेष्ठ २०८३ १८:०१ बिहीबार