समाज

गोलबजारमा रहेको एबी मलमा आगजनी, अवस्था तनावग्रस्त

सिरहामा जारी प्रदर्शनका क्रममा गोलबजारस्थित एबी मलमा आगजनी भएको छ। प्रदर्शन उग्र बन्दै गएपछि बिहीबार गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगो लगाइएको हो।

प्रदर्शनका क्रममा जिल्लाका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएपछि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

सम्भावित थप अप्रिय घटना रोक्न जिल्ला प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

यो पनि पढ्नुहोस्

सिरहाको गोलबजारमा कर्फ्यूकै बीच गोली चल्यो : गणेश यादवको मृत्यु, सेना परिचालनपछि अवस्था तनावग्रस्त

प्रकाशित: १४ श्रावण २०८३ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App