समाज

सेनाको आग्रह- हामीलाई जोडेर फैलाइएका भ्रमपूर्ण हल्लाको पछि नलाग्नुस्

नेपाली सेनाले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आफूलाई जोडेर फैलाइएका भ्रमपूर्ण र अतिरञ्जित हल्लाको विश्वास नगर्न आम नागरिकमा आग्रह गरेको छ।

सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायम राख्दै संविधानप्रदत्त जिम्मेवारी निर्वाह गरिरहेको प्रस्ट पारेको छ।

सेनाले बुधबार एक अपिल जारी गर्दै निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुरुप खटिएको जनाएको छ।

यसक्रममा अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग पूर्ण समन्वय र सहकार्य भइरहेको सेनाले उल्लेख गरेको छ।

‘नेपाली सेनालाई जोडेर सुनियोजित ढंगबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न र नगराउन हामी हार्दिक अपिल गर्दछौँ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सेनाले आफू सधैं गैर-राजनीतिक चरित्रमा अडिग रहेको र सोहीअनुरूप कार्यसम्पादन गर्दै आएको स्मरण गराएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App