गैरकानुनी रूपमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको अन्तरिम आदेशको स्पष्ट उल्लङ्घन गरेको भन्दै सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ।
उक्त आदेशविपरीत गत कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्कीले राजदूतलाई पुनः फिर्ता बोलाएर सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले मुद्दा दर्ता गरेका हुन्।
यो पनि पढ्नुहोस्
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले गत कात्तिक १६ गते ११ देशबाट राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो। सिलवालले प्रधानमन्त्री कार्कीलाई अदालतको आदेशविपरीतको कारबाहीका लागि कारबाही गर्न माग गरेका छन्।
यो पनि पढ्नुहोस्
११ राजदूत फिर्ता गर्नुको विशेष कारण छ, सरकारले तत्काल नयाँ राजदूत नियुक्त गर्दैन: सञ्चारमन्त्री
प्रकाशित: १ मंसिर २०८२ १२:०० सोमबार