समाज

कालीकोटमा सुत्केरीको हवाइ उद्धार

कालीकोटको रास्कोट नगरपालिकास्थित प्रादेशिक रणनीतिक अस्पतालमा उपचाररत सुत्केरीको अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी नहकुल सिम्खाडाकी २१ वर्षीया श्रीमती बिनिता प्याकुरेलको लामो समयसम्म प्रसूति व्यथा लाग्दा पनि प्रसव प्रक्रिया अघि नबढेपछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।

अस्पतालमा उपचारका क्रममा बिनिताको प्रसूति व्यथा लामो समयसम्म अघि नबढ्नुका साथै गर्भमा रहेको बच्चाको मुटुको धड्कनसमेत अनियन्त्रित देखिएपछि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेको थियो ।

अवस्था जटिल बन्दै गएपछि तत्काल थप उपचार आवश्यक देखिएकाले हवाई उद्धार गरिएको प्रादेशिक रणनीतिक रास्कोट अस्पतालका स्वास्थ्य बिमा प्रमुख तुलराज उपाध्यायले बताए ।

प्रकाशित: ४ भाद्र २०८३ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App