समाज

मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी आज बिहान ११ः०० बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेका थिए।

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: २४ कार्तिक २०८३ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App