समाज

मनकामना मन्दिरको गजुर झिकियो, जिर्णोद्वार सुरु

गोरखा–दैनिक हजारौं भक्तजन आउने गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको जिर्णोद्वार सुरु भएको छ। धार्मिकविधि अनुसार सोमबार११ः३० बजेको साइत हेराएर मन्दिरको गजुर निकालेर औपचारिक रुपमा जिर्णोद्वार सुरु भएको हो।मन्दिरमा रहेको सुनको गजुर नजिकै रहेको भजन मण्डलीमा सेफ भित्र राखिएको छ। प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, पुरातत्वका कर्मचारी र स्थानीयको रोहवरमा गजुर झिकेर मुचुल्का गरी राखिएको स्थानीय दिनेश जोशीले बताए। जिर्णोद्वारको प्रारम्भिक काम पहिलेदेखि नै सुरु भएको भएपनि मन्दिर खोल्ने काम सोमबारबाट सुरु भएको हो। मन्दिर जिर्णोद्वार गर्न करिब ८ करोड खर्च लाग्ने अनुमन जिर्णोद्वार समितिले गरेको छ। समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार लाग्ने खर्च र सुनको जोहो भइसकेको छ।सरकराले चार करोड सुन खरिदका लागि दिएको थियो भने अन्य रकम स्थानीयले मन्दिर परिसरमा चन्दा उठाएर, दातासँग सामग्री जुटाएर जिर्णोद्वार गर्न लागेका हुन्।

यस अघि बैशाख १९ गतेबाट सुरु गर्ने भनिएको जिर्णोद्वारको काम भूकम्पका कारण ढिलो भएको हो। मन्दिर जिर्णोद्वारको क्रममा दैनिक पुजाआजा बाहिर गर्ने वा नगर्ने भन्नेमा टुङ्गो लागेको छैन। जिर्णोद्वार समयमा बाहिर पुजाआजा गर्ने व्यवस्था मिलाउनुपर्ने माग स्थानीयको छ। यस अघि दैनिक हजारौँ भक्तजन जाने मनकामना भूकम्पपछि आइतबार सम्म केवलका बन्द हुँदा भक्तजन गएनन्। अहिले दैनिक सय जना भक्तजन पनि मुस्किलले मनकामना पुग्ने गरेका छन्। मनकामना केबलकार आइतबारदेखि नियमित चलेको छ।

प्रकाशित: २५ जेष्ठ २०७२ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App