समाज

भोटेकाेशी बाढी: पीडितलाई ६३ लाख सहयोग

फाइल तस्वीर

भोटेकाेशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्।

पाँचखाल नगरपालिकाले ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले २० लाख दुई हजार ९७७ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन्।

पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट १९ लाख ७१ हजार ९० रुपैयाँ सङ्कलन भएको हो।

प्रकाशित: २५ आश्विन २०८३ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App