समाज

सिन्धुलीमा बोलेरो दर्घटना हुँदा ४ जनाको मृत्यु, ८ जना घाइते (अपडेट)

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा भएको दुर्घटना ग्रस्त बोलेरो।

सिन्धुलीको कमलामाई नगरपालिका ७ करङडाडामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  सिन्धुलीमाढी बजारबाट यात्रु लिएर कमलामाई नगरपालिका ७ बासकटेरी जादै गरेको बा १७ च १११७ नम्बरको डबल क्याप बोलेरो कमलामाई नगरपालिका ७ करङडाडाकै भित्ता स्थित ग्रामीण कच्ची सडकदेखि झण्डै चालिक मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी आभुषण तिमल्सिनाले जानकारी दिए ।  उनका अनुसार १ जना भने गाडी अनियन्त्रित हुन थालेपछि हाम फालेर शकुसल बच्न सफल भएका छन।

मृत्यु हुनेमा सिन्धुलीकै कमलामाई नगरपालिका ७ बासकटेरीका अन्दाजी ६५ वर्षीय रुद्रबहादुर थापा, सोही स्थानकी १८ वर्षीया  रिता एस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका दुई वर्षीय छोरा मनिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै घाइतेहुनेहरुमा बासकटेरीकै बलेरो चालक ३८ वर्षीय  भोजविक्रम थापा, २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया  शान्तीमाया थिङ, २२ वर्षीया  कविता श्रेष्ठ, ५०वर्षीया सुनमाया थिङ, ३० वर्षीया  सुकुमाया पुलामी उनकै छोरा बर्ष २ का रेमन पुलामी र सोही ठाँउकी २८ वर्षीया विनिता श्रेष्ठ रहेका छन् । 

घाइतेमध्ये चालक भोजविक्रम थापा कविता श्रेष्ठ र विनिता श्रेष्ठ गम्भिर रहेकाले थप उपचारका लागि जिल्ला अस्पतालबाट धुलिखेल अस्पताल रेफर गरिएको छ भने अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमै उपचार भइरहेको एसपी तिमल्सिनाले जनाए । गाडी आफै अनियन्त्रित भइ दुर्घट्ना भएको पारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ३ चैत्र २०७७ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App