जुम्लाको कारागारबाट ३६ कैदी भागेका छन्। चन्दननाथ नगरपालिका-६ मा अवस्थित कारागारबाट भागेका हुन्। मंगलबार राति १२ बजेर २ मिनेटमा कैदी भागेको प्रहरीले जनाएको छ। कारागारका नाइकेमाथि चिर्पट प्रहार गरेर ३६ कैदी मूल गेट तोडेर भागेको बुझिएको छ।
जुम्लाका प्रहरी प्रमुख डिएसपी रविन बाबु रेग्मीका अनुसार फरार कैदीको खोजी कार्य जारी छ। उक्त कारागारमा ९८ जना कैदी थिए, जसमध्ये ३६ जना भागेका छन्। ६२ जना प्रहरीको नियन्त्रणमा छन्। अहिले सेनाको कमान्डमा १५ जना सैनिक उक्त कारागारमा सुरक्षाका लागि खटिएका छन्।
युवा आन्दोलनलाई अवसर छोपेर कैदी फरार भएका छन्। जुम्लामा उच्च सतर्कता अपनाइएको छ। सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँ-बस्तीमा खोजतलास तीव्र बनाएका छन्। स्थानीय बासिन्दालाई पनि सङ्कास्पद गतिविधि देखिए तत्काल खबर दिन आग्रह गरिएको छ। अहिले नेपाली सेनाले कारागारलाई सुरक्षा दिइरहेको छ।
प्रकाशित: २५ भाद्र २०८२ ०९:३७ बुधबार



