समाज

खेम सेन्चुरीदेखि रामचन्द्र अधिकारीसम्मले गरे रविको पक्षमा हस्ताक्षर

भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा कलाकारहरूले पनि हस्ताक्षर गरिरहेका छन्। लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियान अहिले जारी छ।

यसैबीच शुक्रबार (आज) मात्रै पनि कलाकार तथा निर्माता-निर्देशकहरू घडीघर वनस्थली पुगेर हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेहरूमा कलाकालहरू रामचन्द्र अधिकारी, राजाराम पौडेल, खेम सेन्चुरी, खगेन्द्र लामिछाने, अशोक शर्मा, दीपेन्द्र के खनाललगायत छन्। रमेश उप्रेती, विपिन अधिकारीलगायतले यसअघि नै हस्ताक्षर गरिसकेका छन्।

सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा कारागारमा रहेका लामिछानेले गत असार ७ गते २० पृष्ठको अपिल जारी गर्दै हस्ताक्षर सङ्कलन अभियानको घोषणा गरेका थिए। त्यसअनुरूप उनको पार्टीले हस्ताक्षर अभियान जारी राखेको छ।

प्रकाशित: २० असार २०८२ १५:४३ शुक्रबार

#RabiLamichhane #NagarikNews