प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा एकैदिन ६४ वटा सडक निर्माण योजनाको डिजिटल(रिमोटबाट) शिलान्यास गरेका छन् ।
मधेस प्रदेश सरकारको योजनाको जनकपुरधामस्थित निधि भवनबाट प्रधानमन्त्री ओलीले आज दिउँसो एकैपटक ६४ वटा सडकको डिजिटल शिलान्यास गरेका हुन् । यो. योजना मधेस प्रदेशका ८ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रमा एकनिर्वाचन क्षेत्र एक पक्की सडक अन्तर्गत रहेको दाबी मधेस सरकारको छ । ती सबै सडक पाँच किलोमिटरका रहने प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले बताए ।
यो पनि पढ्नुहोस्
अब मधेस अगाडि बढ्छः प्रधानमन्त्री
६४ निर्वाचन क्षेत्रमा गरेर कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत सकेर शिलान्यास गरिएको मन्त्री यादवको भनाइ छ ।
यी सबै सडक निर्माणमा कुल १२ अर्ब ७० करोड खर्च हुने अनुमान गरिएको छ । मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने जनाएको छ ।
प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरणअन्तर्गत यो आयोजना सुरु हुन लागेको मन्त्री यादवको भनाइ छ।
प्रकाशित: १८ जेष्ठ २०८२ १५:५१ आइतबार