समाज

ताप्लेजुङ केबलकार विवाद: सिडिओलाई ज्यान मार्ने धम्की, प्रहरीमाथि ढुंगामुडा

फाइल फोटो। इन्सेटमा प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा।

ताप्लेजुङमा पाथीभरा केबलकार बनाउने विवादले शनिवार फेरी उग्र रूप लिएको छ। केबलकारको विरोध गर्दै आएको पहिचानवादी समूहले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमाथि ज्यान मार्ने धम्की दिएका छ । 

प्रमुख जिल्ला अधिकारी(सिडिओ) नेत्र शर्माले आफूलाई ज्यान मार्ने धम्की आएको बताए । पहिचान पक्षधर बताउने प्रतीक मादेनलगायतको समूहले आफूलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको उनले जानकारी दिए। 

यस्तै विरोधी समूहले फुङलिङ नगरपालिका–११ वनडाँडामा गस्तीमा गएको सशस्त्र प्रहरी टोलीमाथि नै ढुंगामुडा समेत गरेको छ । जसबाट तीन जना घाइते भएको सिडिओ शर्माले जानकारी दिए। 

यसअघि कात्तिकमा पनि केबलकार निर्माणको विषयलाई लिएर झडप भएको थियो।

पाथीभरा केवलकार निर्माण विवाद: झडपमा ६ जना घाइते | Nagarik News

प्रकाशित: १२ माघ २०८१ १७:०८ शनिबार

#Taplejung #Parhibhara cable car