समाज

जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठूलढुङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीका अनुसार मृत्यु हुनेमा गाडी चालक पर्वत कुस्मा नगरपालिका—१ मालढुङ्गा बस्ने वर्ष २८ का  राजेन्द्र माझी र वर्ष नखुलेको मार्केटिङ गर्ने जैमिनी नगरपालिका—१० राङ्खानी घर भई बागलुङ श्रीनगरटोल बस्ने दुर्गा पौडेल रहेका छन्।

मध्यपहाडी लोकमार्गबाट करिब ५ सय मिटर तल पिकअप जीप खसेको छ। बागलुङ बजारबाट जुत्ता चप्पल र कस्मेटिकका सामान लिएर गलकोटतर्फ मार्कटिङका लागि गएको र फर्किने क्रममा दुर्घटनामा भएको देखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।  

प्रकाशित: ६ असार २०८० ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App