समाज

वर्षामानकी आमामाथी गोली चलाउने हवलदार पक्राउ, थप अनुसन्धान थालियो

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गोली प्रहार गर्ने हवलदारलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ।  

गए राति गैह्रीधारा स्थित घरमा छाेराहरूसँग बसिरहेकी ७४ वर्षीय तिर्थमाली पुन मगरमाथी गोली प्रहार भएकाे थियाे। गाेली प्रहार गर्ने सहायक हवलदार प्रकाश पुन मगर कायममुकायम प्रधानन्यायाधीशको सुरक्षा टोलीमा रहेका पुष्टि भएको छ। 

उनलाइ शनिबार बिहान पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शुक्रबार राति करिब साढे ९ बजेतिर तिर्थमालीमाथी गोली प्रहार भएको थियो। गाेलि प्रहार गर्ने मगर तिर्थमालीकाे नातेदार हुन्। गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २ वैशाख २०८० ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App