समाज

भोटेकोशी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित

भोटेकोशी बाढीबाट करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित भएका जानकारी दिए।

प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत  तथ्यांक संकलन गरिएको जनाउँदै उनले त्यसमा केही तलमाथि हुन सक्ने जनाए।

यस्तै, उनले यस महाविपद्ले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पाठ सिकिएको भन्दै अब स्वास्थ्यसम्बन्धी भवन तथा संरचना बनाउँदा क्लाइमेट रेजिलेन्स स्ट्रक्चरका रूपमा बनाउनुपर्ने बताए।

उनले विपद्पछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि  मन्त्रालयले जलवायु उत्थानशील संरचनासहितको मास्टरप्लान तयार गरिरहेको जानकारी दिए।

यस्तै, सचिव देवकोटाले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखाला देखिएको बताए। यी बाहेक हालसम्म गम्भीर स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए।

प्रकाशित: २६ भाद्र २०८३ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App