नेकपा एमालेका नेता गोकुल बास्कोटाले बागमती कांग्रेसको झगडालाई लिएर कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल एक्समा, ‘बागमती कांग्रेसको झगडा राजनीतिक कम व्यापारिक धेरै हो भन्दारान के हो?’ भन्दै प्रश्न गरेका हुन्।
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ २२ मतसहित निर्वाचित भएका छन्। यसअघि मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई मंगलबार संसदीय दलको नेताबाट हटाइएको थियो। लामाले १४ मत पाए, एक मत बदर भयो।
बानियाँले लामाले संसदीय दलको नेतृत्व गुमाएकाले मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् भने लामा मुख्यमन्त्री हुन दलको नेता हुनु नपर्ने तर्कसहित राजीनामा दिने मुडमा छैनन्। एमाले वा कांग्रेसले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ।
प्रकाशित: १५ श्रावण २०८२ २१:०९ बिहीबार