राजनीति

आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्छौँ : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन्।

शनिबार धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले भने, 'निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ।'

‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उनले बताए। तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए।

पार्टी प्रवेशपछि शनिबार धनगढीमा भएको पार्टीको बैठकमा उनी पहिलोपटक सहभागी भएका हुन्।

प्रकाशित: १५ भाद्र २०८२ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App