राजनीति

देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्नुपर्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्न सबै सा‌‌सदलाइ निर्देशन दिएका छन्।

ललितपुरको ग्वार्कोस्थित रास्वपाको अभिमुखीकरण कार्यक्रममा समापन सम्बोधन गर्न पुगेका उनले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसद्मा जे जस्तो भएपनि देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्न निर्देशन दिएका हुन् ।

व्यक्तिको चाहनाभन्दा पनि देशको आवश्यकता अनुसार काम गर्नुपर्ने उनको भनाइ छ। मुलुक र जनताप्रति बफादार भएर अघि बढ्न उनले सबैलाई अनुरोध गरे।

यो देश अहिले पनि नबने कहिल्यै नबन्ने भन्दै उनले नेपालीले दिएको ठूलो मतको कदर गर्न पनि सबैलाई अनुरोध गरे । सानो बोलीले अप्ठ्यारो पार्ने भएकाले जथाभावी नबोल्न पनि सभापति लामिछानेले सबैलाई सुझाव दिए।

रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ।

कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने पुगेका छैनन्।  

प्रकाशित: ४ चैत्र २०८२ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App