नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत काममा प्रतिपक्षले समर्थन नगर्ने बताएकी छिन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाइन्।
सरकारको संरक्षणमा गुण्डागर्दी हुने गरेको आरोप लगाउँदै उनले सत्तापक्षका सांसदहरुको धम्की स्वीकार्य नहुने बताइन्।
सरकारले एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाएको जस्तो देखाएको भन्दै उनले त्यस्तो अभिनय स्वीकार्य नहुने बताइन्।
यस्तै, उनले प्रतिपक्ष जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार रहेको बताउँदै सरकारका गलत कार्यहरूलाई समर्थन गर्न नसक्ने प्रस्ट पारिन्।
प्रकाशित: २ भाद्र २०८३ १४:१२ मंगलबार



