राजनीति

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकाको बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ। शुक्रबार अमेरिकाले औपचारिक रूपमा शाहलाई बधाई व्यक्त गरेको हो।

काठमाडौँस्थित अमेरिकी दूतावास नेपाल ले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह तथा नयाँ सरकारलाई शुभकामना दिएको छ।

दूतावासले नेपालसँग आपसी समृद्धि र क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्न सहकार्य गर्न अमेरिका इच्छुक रहेको उल्लेख गरेको छ। साथै, दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा पनि व्यक्त गरिएको छ।

प्रकाशित: १३ चैत्र २०८२ १८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App