राजनीति

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गेका छन्।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्ताका अवसरमा उनीहरू बिच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।

प्रकाशित: ९ मंसिर २०८३ २०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App