राजनीति

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा काठमाडौँमा विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम तय गरिएको छ।कार्यक्रम १२ बजे एभरेस्ट होटेल बानेश्वरमा हुने एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए। 

एमालेका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ। सुशासन प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रमहरू सार्वजनिक गरिने एमालेले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०८२ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App