नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न एमालेको जित अवश्यक रहेको बताएका छन्।
झापा ५ को दमकमा आज प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विकसित चुनौतीहरूको सामना गर्न सक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरुरी रहेको उनले बताए। चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उनले त्यस्ता पात्रहरूका कारण देश मियो बिनाको देश हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरुरी रहेको भनाइ राखे।
देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै भट्टराईले उनीहरूमा जिते छाती पिट्ने र हारे निरास हुने बाहेक कुनै उद्देश्य नरहेको उनको दाबी छ।
जेनजी आन्दोलनको क्षतिको दोष जबर्जस्ती एमालेतर्फ थुपार्न खोजिएको भन्दै उनले सो आन्दोलनमा देश ध्वस्त बनाउने कार्यामा सन्लग्नहरू चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न पनि गरे।
प्रकाशित: १८ फाल्गुन २०८२ १३:१० सोमबार



